भुँडीपुराण प्रकाशनको “रमाइलो नेपाली क (नर्सरी)” कक्षा नर्सरीका विद्यार्थीहरूको लागी तयार पारिएको पुस्तक हो।
यो पुस्तक सरकारी पाठ्यक्रमलाई पनि विचार गरेर तयार पारिएको छ।
यसमा पाठभित्रको विषयवस्तु बालबालिकाको तह, रुचि र मनोविज्ञानमा आधारित होओस भन्ने कुरा सोचिएको छ।
अभ्यासका सामग्रीहरू भाषिक सीपका चार तह ‘सुनाइ, बोलाइ, पढाई र लेखाइ’ को क्रमिक प्रतिनिधित्व हुने गरी राखिएका छन्।
पाठ्यपुस्तक पढ्दा बालबालिकालाई बोझिलो नहोस र पढ़ुपढ़ु लागोस भन्ने उद्देश्यले थरीथरीका रमाइला गीत एवं कविताहरू राखिएका छन्।
यसका साथसाथै प्रशस्त चित्रसामग्रीको पनि प्रयोग भएको छ।
Book | |
---|---|
ISBN | 9789994637133 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | रमेशप्रसाद भट्टराई, रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टीकाराम शर्मा पौडेल |