भुँडीपुराण प्रकाशनको “आधारभूत व्याकरण (कक्षा ८)” प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टिकाराम शर्मा र धर्म पोखरेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।
यस पुस्तकमा बोधसामग्री (कथा, संवाद, कविता आदि) बाट प्रत्येक एकाइका पाठको सुरुआत गरिएको छ र सान्दर्भिक रेखाचित्रहरूद्वारा ती सामग्रीहरू बढी रोचक र आकर्षक बनाइएका छन्।
शैक्षिक व्याकरणको उद्देश्यपूर्ति गर्ने हेतुले यस पुस्तकमा कक्षाको स्तर र आवश्यकतालाई दृष्टिगत गरी अभ्यासखण्डमा विविधता दिइएको छ।
यसमा आवश्यकताअनुसार चरणगत रूपमा पुनरावृत्ति अभ्यास (Revision tips) दिइएका छन्।
यस व्याकरणमा तत्सम शब्दको वर्णविन्यासलाई तत्सम नियमअनुसार नै र अन्य शब्दको वर्णविन्यासलाई नेपाली नियमअनुसार मिलाइएको छ।
Book | |
---|---|
ISBN | 978999334477 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टिकाराम शर्मा, धर्म पोखरेल |