भुँडीपुराण प्रकाशनको “नेपालमा कलेजोका रोगहरु” डा. सन्तोषमान श्रेष्ठद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यो पुस्तक कलेजोका रोगहरुका बारेमा जान्न चाहने जो-कोहीलाई उपयोगी पुस्तक हो ।
पुस्तकबाट साभार:
“हाम्रो देशमा गरिब समुदाय र जाँडरक्सी खानेहरुमा देखिने कलेजोको एक प्रमुख रोग पेटको महासिराको रोग हो । हालै नेपालको युवा समुदायमा लागूऔषधको बढ्दो दुरुपयोगले गर्दा हेपाटाइटिस-सी संक्रामक रूपमा बढिरहेको छ । विश्वका अरू ठाउँमा पनि समाजमा तनाव र विकृति आएको बेला हेपाटाटिस-सी र रक्सीबाट भएको कलेजोको रोगमा वृद्धि भएको देखिन्छ । कलेजो रोगको नियन्त्रणबारे विचार गर्दा व्यक्ति र समाजका यी सबै बिषयमा खास गरेर सांस्कृतिक र आर्थिक अवस्थाबारे ध्यान दिनु आवश्यक छ ।”
Book | |
---|---|
ISBN | 9789993344667 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. सन्तोषमान श्रेष्ठ |