भुँडीपुराण प्रकाशनको “असुरग्याँस!” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविता संग्रह हो ।
देवी नेपालका शब्दमा “विस्मात्-वेदना, वितृष्णा-विद्रोह, विचार-विश्वास, विमला-विभावाना गरी चार खण्डमा विभाजित जम्मा २९ वटा कविताहरूको संग्रह बन्न पुगेको प्रस्तुत कृति वैचारिक दृष्टिले मात्र नभएर कलाका दृष्टिले पनि उत्तिकै उच्च कोटिको छ । सबै शिर्षकमा ‘व’लाई मन पराउने ज्ञवालीको विवेकद्वारा वन्चित वक्र व्यवहारको व्यवहारको व्यापार गर्नेहरूले विशिष्टताको विमानबाट विकृतिको विकिरण छर्दै छन् तापनि विद्वत्ताको विखण्डन र विचारको विस्थापन नभएसम्म विजयको विचित्र बर्षा भइरहने विशिष्ट अठोट यस कृतिमा लुकेको छ ।”
Book | |
---|---|
ISBN | 978994637799 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. रामप्रसाद ज्ञवाली |