भुँडीपुराण प्रकाशनको “सौन्दर्य र सँस्कृति चिन्तन” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको पुस्तक हो ।
यस कृतिमा लेखकले अनुसन्धानात्मक, खोजमूलक, विश्लेषणात्मक एवम् चिन्तनपरक लेख रचनाहरू पस्केका छन् । खास गरी सँस्कृतिका बारेमा यहाँ गहकिलो अध्ययन पाइन्छ ।
त्यसैगरी साँस्कृतिक रूपान्तरण वा साँस्कृतिक परिवर्तनद्वारा नयाँ सँस्कृति निर्माणको प्रश्नलाई गाढा विश्लेषण गरिएको छ भने साँस्कृतिक प्रवृत्तिहरू केलाउँदै पुरानो र नयाँ सँस्कृतिको द्वन्द्व, साँस्कृतिक क्षेत्रका विद्रूपता, साँस्कृतिक विभ्रमीकरण र विकृतिकरण आदिबारे विमर्श, व्याख्या, विवेचना, विश्लेषण गरिएको छ ।
यसका साथै सँस्कृति र राष्ट्रियताबीचको अन्योन्य सम्बन्धमाथि पनि विहंगम दृष्टि पोखिएको छ ।
Book | |
---|---|
ISBN | 9789937784023 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | ईश्वरचन्द्र ज्ञवाली |