भुँडीपुराण प्रकाशनको “भाषिक अध्ययन परम्पराः सम्प्रदाय र अवधारणा” प्रा.डा. देवीप्रसाद गौतम र डा. शालिकराम पौड्यालद्वारा तयार पारिएको पुस्तक हो ।
यस पुस्तकमा ऐतिहासिक भाषाविज्ञानका विविध सम्प्रदाय र परम्पराका बारेमा अध्ययन गरिएको छ ।
यसमा भाषिक चिन्तनको पूर्वीय र पाश्चात्य परम्परा, संरचनात्मक भाषाविज्ञान, रूपार्थपरक व्याकरण, व्यवस्थापरक व्याकरण, रूपान्तरण व्याकरण र कारक व्याकरण परम्पराको अध्ययनलाई प्रस्तुत गरिएको छ ।
यहाँ आधुनिक भाषाविज्ञानको विकाससँगै देखा परेका विभिन्न भाषिक सम्प्रदाय र स्कुलहरू तथा तिनले अघि सारेका भाषिक मान्यतालाई सरल रूपमा प्रस्तुत गरिएको छ ।
Book | |
---|---|
ISBN | 9789937772464 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | प्रा.डा. देवीप्रसाद गौतम |