भुँडीपुराण प्रकाशनको “गोविन्द गोठालेका कथाका नारी पात्र” निनीरेमा रुम्दाली राईद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।
यस कृतिभित्र नारी पात्रबारे अध्ययन गर्नुभन्दा पहिले गोठालेको जीवनी, व्यक्तित्व र कृतित्वबारे संक्षिप्त चर्चा गरिएको छ। गोठालेको शिक्षादीक्षा, जीवनका विविध पक्ष र व्यक्तित्वका बहुआयामिक पक्षबारे अध्ययन गरिएको छ ।
कवि, कथाकार, नाटककार, एकाङ्कीकार, उपन्यासकार गोठालेको परिचर्चा गर्दै उनको कथायात्रा, र प्रवृत्तिका बारे अध्ययन गरिएको छ ।
यस क्रममा बालमनोविज्ञान, अपराधमनोविज्ञान, यौनमनोविज्ञान र समाजमनोविज्ञानका दृष्टिले गोठालेका प्रवृत्ति प्रस्तुत गर्दै निचोड निकालिएको छ ।
Book | |
---|---|
ISBN | 9789937747912 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | निनीरेमा रुम्दाली राई |