भुँडीपुराण प्रकाशनको “ज्ञानको खोज अध्यात्मभित्रको विज्ञान” डा. नरविक्रम थापाद्वारा तयार पारिएको आध्यात्मिक पुस्तक हो ।
यदि मानिसले जीवनमा दु:ख र विपतलाई पन्छाएर सन्तुष्टि, समन्वय, सुख र शान्ति उपभोग गर्न चाहेमा आत्मजागरण र चेत प्राप्तिद्वारा अकाम्य कर्मलाई परिवर्तन गर्नुपर्ने सन्देशले यो युगको चेष्टालाई बिस्तारै शान्तिको मार्गमा डोहोर्याउन सहयोग मिल्छ ।
आत्माबोधले मात्र मानिसमा परापूर्वको चेतना जगाउन सक्छ र सदियौ देखिको अकर्मण्यबाट मुक्ति दिलाउँछ । चित्तलाई प्रशन्न राख्नलाई सुखीप्रति मैत्री, दु:खीप्रति करुणा, पुण्यशील व्यक्तिप्रति मुदिता, तथा दुष्टप्रति उपेक्षा राख्नाले चित्त र मन प्रशन्न हुन्छ र मानिस कर्मप्रति आशावादी हुँदै अगाडि बढ्नेछ ।
Book | |
---|---|
ISBN | 9789937747431 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. नरविक्रम थापा |