भुँडीपुराण प्रकाशनको "तनावरहित जीवन" स्वेट मार्डेनद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।
पुस्तकबाट साभार:
"चिन्तित व्यक्ति हरेक समय व्यस्त रहनुपर्छ नत्र ऊ निराशाबाट बच्न सक्दैन । संसारमा आधाभन्दा बढी संकट स्वाभिमानमा ठेस, अभद्रता तथा मिथ्याभिमानको भावको कारण पैदा हुन्छ । तर याद राख्नुस्, जीवन तुच्छ कुरामा अल्झिरहनका लागि होइन ।"
"यस युगको मनुष्यको आधा चिन्ता र तनावको मुख्य कारण के हो भने उसले कुनै आधारविना निर्णय गर्ने कोसिस गर्छ । जसले चिन्तासँग जुध्न, संघर्ष गर्न, लड्न जान्दैन, ऊ अकाल मृत्युको सिकार बन्छ ।"
"चिन्ताले रक्तचाप बढ्छ, बाथ रोग, मदुमेह एवम् थाइराइड जस्ता संक्रामक रोग जीवनमा उब्जाउँछ । पेटको रोगको उपचार पहिले आफ्नो चिन्ता कम गर्नुपर्छ ।"
"समस्याको समाधान नमिल्दा के र कति अनिष्ट हुन सक्छ, त्यसको आँकलन गर्नुहोस् । अनिष्ट स्वीकार गर्नुहोस्। स्वीकृत अनिष्टलाई सुधार गर्ने कोसिस गर्नुहोस् ।"
Book | |
---|---|
ISBN | 9789937747424 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | दिपेन्द्र शाह |