भुँडीपुराण प्रकाशनको “आमा” हरि खनालद्वारा तयार पारिएको बाल उपन्यास हो ।
भोक लाग्यो आमा, निद्रा लाग्यो आमा, नयाँ लुगा चाहियो आमा, पेट दुख्यो वा ऐया भयो आमा, कतै ठेस लाग्यो आमा, लडियो भने बोल्ने पहिलो शब्द ऐया आमा ।
जन्मपूर्व नौ महिनासम्म गर्भभित्र बोकेर हिंड्ने आमा, गहिरो पीडा खपेर धर्तीमा ल्याइदिने आमा, घाउ दुखिरहेको छ, शरीर जलिरहेको छ तर शिशु देख्नासाथ मुसुक्क हाँसेर छिनमै दुख भुल्ने आमा। अनि आफ्नो छाती खोलेर चपचप दूध चुसाउने आमा ।
यो उपन्यास यस संसारका सम्पूर्ण जीवहरूका आमामा समर्पित छ ।
Book | |
---|---|
ISBN | 9789937729789 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | हरि खनाल 'हरे' |