भुँडीपुराण प्रकाशनको “लक्ष्मी निबन्धसङ्ग्रह” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको निबन्ध सङ्ग्रह हो ।
महाकविकै शब्दमा:
“यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु । कहीँ म प्रबन्धभित्र आफैँ घुसेको छु- व्यक्तित्वको रङ रंगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि । कहीँ आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने छन् – चित्रात्मक वर्णनहरू – जहाँ गध्यचित्रकार बनेर रङ र छायाद्वारा वस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन् यहाँ समालोचना पनि – जहाँ मानवबुद्धि अरूका कृतिउपर आफ्नो विवेकशक्तिलाई लहडी आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन् जसको आत्म-अनुभवलाई रसिलो रंगिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोत्रीवर्गका सामुन्ने रूचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो ।”
Book | |
---|---|
ISBN | 9789937729697 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | महाकवि लक्ष्मीप्रसाद देवकोटा |