भुँडीपुराण प्रकाशनको “सर्वोदय” जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’को महात्मा गान्धीको गुजराती अनुवाद ‘सर्वोदय’को नेपाली अनुवाद हो ।
दक्षिण अफ्रिका बसाईका बेला नेटालको यात्रामा जाँदा उनका एक जना अंग्रेज मित्र पोलाकले महात्मा गान्धीलाई प्रसिद्ध लेखक जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’ पढ्नका लागी दिए । पढिसकेपछी उनलाई यो पुस्तकले यति प्रभावित गर्यो कि उनी यसको अनुवाद नगरी बस्न सकेनन् र गुजराती भाषामा अनुवाद गरेर सर्वोदय शिर्षक राखे ।
गान्धीको बुझाई अनुसार सर्वोदयाको सिद्धान्त ‘सबैको भलाईमा निहित छ ।’ किसानको जीवन नै सहि जीवन हो । वकिल र हजाम दुवैको पारिश्रमिक एउटै हुनुपर्दछ, किनकी आजीविकाको अधिकार सबैलाई बराबर छ । उनि भन्छन् पहिलो कुरा उनलाई थाहा थियो। दोस्रो कुरा थाहै थिएन र तेस्रो कुरा अलि अलि थाहा थियो । त्यसैले सर्वोदयले उनलाई बत्तीको काम गर्यो र भोलिपल्टदेखि यी सिद्धान्तलाई व्यवहारमा लागू गर्ने प्रयास गरे ।
यो पुस्तक तत्वज्ञानका दृष्टिले भारतका लागि विशेष देख्न सावित भएको छ ।
Book | |
---|---|
ISBN | 9789937729628 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | अनुवादः मधुसूदन पाण्डेय |