भुँडीपुराण प्रकाशनको “तरुण तपसी” कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचिएको नव्यकाव्य हो ।
बालकृष्ण समका शब्दमा:
“१. लेखनाथको स्पर्शले नेपाली कवितामा युग परिवर्तन भयो, त्यो संस्कृतजत्तिकै उच्च संस्कृत बन्यो। लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो ।
जब हामी एक-एक श्लोक पढ्दै जान्छौं, हामीलाई कुनै दिव्य सिंढी उक्लंदै गएको अनुभव हुन्छ- कत्रो गाम्भीर्य। कत्रो गुरुता ! पदपदमा कस्तो चमत्कृति ! लेखनाथ ‘तरुण तपसी’ मा स्पष्ट रुपले अद्वित्य छन्, कति धनी लेखनी !
२. रूखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन् कसैकसैले अद्भुत कल्पना पनि गरेका छन् । परन्तु, रूखलाई तपसी बनाएर आदिदेखि अन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन्, त्यो संसारको काव्यजगतलाई नै एक सृष्टिप्रदान भएको छ ।
३. कविशिरोमणि लेखनाथको कलमले ढुङ्गा, मूढा, रूख, पात, डोको, नाम्लो जेलाई छोए पनि त्यो सुन्दर कवितामय हुन्छ ।
‘तरुण तपसी’- का उन्नाईस विश्राम लगाएर कविशिरोमणिले रूखलाई जिउँदो महात्मा बनाए, आफू पनि कविऋषि बने ।”
Book | |
---|---|
ISBN | 9789937729598 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | कविशिरोमणि लेखनाथ पौड्याल |