भुँडीपुराण प्रकाशनको “ड्रिम गर्ल” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो ।
केही सत्यता र केही सामाजिक घटनालाई यस पुस्तकमा उतार्ने जमर्को गरिएको छ ।
एउटी महिला कसरी अघोषित यौन व्यवसायमा होमिन पुग्छिन् । उनकी आमा जो द्वन्द्वकालमा लागेको गोलीले अपाङ्ग भएकी छन् । त्यसमै जोडिन आउने एक जना केटा, उनी मुख्य पात्र पनि हुन् । त्यस्तै अन्य पात्रहरू पनि कतै न कतै जोडिएका छन् जसले यो सृजनालाई अझै मजबुत बनाउन सहयोग गरेको छ ।
एउटी महिलाले विदेशमा गएर मृत्युवरण गरेको कुरालाई अन्तिम भागमा सृजित गराएर यसले पारिवारिक र सामाजिक समवेदनालाई झन् टड्कारो रुपमा देखाइएको छ ।
यो एक वियोगान्त कथा हो, त्यसैले अन्तिममा पाठकहरू झन् भावुक हुने र उक्त कथामा डुबेर अध्ययन गरी जीवनको सत्यतालाई महसुस गर्नुहुनेछ ।
Book | |
---|---|
ISBN | 9789937729543 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | प्रेमबहादुर भट्टराई |