भुँडीपुराण प्रकाशनको “चड्याम्म” लोकनाथ पुडासैनीद्वारा रचिएको मुक्तक संग्रह हो ।
पुस्तकबाट साभार:
“पाशुपत् क्षेत्रमा सदिऔंदेखि बाँदरहरूको झांकी छ
मोक्ष प्राप्तिका आपेक्षिकहरूको निकै लामो ताँती छ
पार लगाउलान् कि भनेको भाङधतुरोमै लटठिन थाले,
अब त यिनका गालामा चड्याम्म पार्न मात्र बाकी छ ।
उपर्युक्त मुक्तकमा नेपाल राज्यलाई पाशुपत् क्षेत्रको बिम्बद्वारा संकेत गर्दै यहाँको अस्थिर राज्यव्यवस्थालाई बाँदरहरूको झाँकीको संज्ञा दिइएको छ । भक्तहरूको उद्धार गर्नुभन्दा भाङधतुरो तानेर आफैंमा लट्ठ परेका पशुपतिनाथको बिम्बले चाहिँ देशको समृद्धि र जनचाहनालाई एकातिर पन्छाएर व्यक्तिगत स्वार्थमा लीन भएका नेताहरूलाई संकेत गरेको छ । यसरी अर्थको साङ्केतिक अभिव्यक्ति रहेको उपर्युक्त मुक्तक शिल्प प्रयोगको दृष्टिले पनि अब्बल र सबल ठहरिएको छ ।”
Book | |
---|---|
ISBN | 9789937729475 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | लोकनाथ पुडासैनी |