भुँडीपुराण प्रकाशनको “माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा” डा.गणेशराज अधिकारीद्वारा तयार पारिएको समालोचना सामग्री हो ।
लेखकले विद्यावारिधिको उपाधी प्राप्त गर्ने प्रयोजनमा संकलन र अध्ययन गरेका केही सामग्रीलाई प्रसोधन गरी यो पुस्तक एक सन्दर्भ पुस्तकको रुपमा ल्याइएको छ ।
माध्यमिक कालमा केन्द्रित भएर वीरसिक्का देखी शर्मिष्ठा सम्मका सात वटा उपन्यास कृतिको औपन्यासिक तत्वका आधारमा केन्द्रित भएर समीक्षा गरिएको यो नै पहिलो कृति हो । यस कालखण्डभित्र वीरसिक्का ग्रन्थका हरिहर शर्मा लामिछाने र शिवदत्त शर्मा, विरचरित्रका गिरीशवल्लभ जोशी, प्रारब्ध दर्पणका गिरीशवल्लभ जोशी, महेन्द्रप्रभाका सदाशिव शर्मा अधिकारी, डाक्टर सूर्यप्रसादका पदमनाभ सापकोटा, चक्रपरिक्रमका बैजनाथ सेढाईं जोशी र शर्मिष्ठाका ऋद्धिबहादुर मल्लका निर्धारित उपन्यासका औपन्यासिक तत्त्वका आधारमा समीक्षा गरिएको छ ।
Book | |
---|---|
ISBN | 9789937729314 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. गणेशराज अधिकारी |