भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ६)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको छैठौं भाग हो ।
यस पुस्तकमा सत्याग्रह २०४२ देखि जन-आन्दोलन २०४६ को घोषणा र सुरुवातसम्मको घटनाक्रम समेटिएको छ ।
पुस्तकबाट साभार:
“बिपी कोइरालाको निधनपछि लगत्तैदेखि बिपी कोइरालाले आफ्नो निधनभन्दा अगाडि शंका गरेजस्तै नेपाली काङ्ग्रेसका नेताहरूमा वैचारिक भिन्नता देखा पर्न थाल्यो । बिपी कोइरालाको निधनपछि मेलमिलापको समर्पणवादी व्याख्याले नेपाली काङ्ग्रेसको सम्पूर्ण उर्जालाई तहस-नहस गरिरहेको देखेका गणेशमान सिंहले वि.सं. २०३९ भदौ २४ गते (९ सेप्टेम्बर १९८२) देखि नै शान्तिपूर्ण संघर्षको बाटोमा जाने नीति लिए र त्यस किसिमको विचार व्यक्त गर्न थालेका थिए । तर गिरिजाप्रसाद कोइरालाले भने गणेशमान सिंहको शान्तिपूर्ण संघर्षमा जाने नीतिको विरोध गर्दै मेलमिलापको नीतिअन्तर्गत नै नेपाली काङ्ग्रेसलाई अगाडी बढाउनुपर्ने विचार व्यक्त गर्दै राजा र पंचायती नेताहरूसँग सम्बन्ध बढाउने प्रयासमा लाग्न थाले । अर्का नेता कृष्णप्रसाद भट्टराई भने सधैं यी दुई नेताहरुबीच मध्यस्थकर्ता व्यक्तिको जस्तो भूमिका निर्वाह गर्दै समस्याको गम्भीरतालाई भन्दा तात्कालिकतालाई ध्यानमा राखी समस्याको समाधान गर्न तर्फा लाग्दथे ।”
Book | |
---|---|
ISBN | 9789937729192 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. राजेश गौतम |