भुँडीपुराण प्रकाशनको “बोकाको मन” काशीनाथ मिश्रितद्वारा तयार पारिएको व्यंग्य निबन्धसंग्रह हो ।
लक्ष्मण गाम्नागेका शब्दमा “बोकालाई मान्छेले यसरी बन्दी बनाएको छ कि ऊ प्रेम गर्न, सहवास गर्न, वंश बिस्तार गर्न सबै मान्छेले खटाए अनुसार मात्र गर्न पाउँछ । बोको भन्छ, ‘मलाई मेरी पत्नीसँग सम्पर्क गरेबापत मेरी पत्नीको मालिकले भाडा तिर्नुपर्छ ।’ यस्ता कैयौं विडम्बनाहरू एक बोकाले बताएको छ यस निबन्धमा। बोकाले मान्छेलाई कडा चेतावनी पनि दिएको छ । बोको भन्छ, ‘यो पृथ्वीमा शाकाहारी प्राणीलाई यी सर्वहारी मान्छेले सिध्याए भने प्रकृतिले मान्छेलाई नै बली माग्नेछ । बलीको बोको म होइन मान्छे नै हुनेछ ।’ हो, वास्तवमा। बोकोको जति बुद्धि र दूरदर्शिता पनि हामी मानिसहरूसँग छैन ।”
Book | |
---|---|
ISBN | 9789937729024 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | काशीनाथ मिश्रित |