ओरिएन्टल पब्लिकेशन हाउसद्वारा प्रकाशित “गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु” कृष्ण खनालद्वारा तयार पारिएको ऐतिहासिक वैचारिक कृति हो ।
नेपालमा वैचारिक स्वतन्त्रता र नागरिक हकका लागि आन्दोलन भएको नौ दशक भइसक्यो । यस बीच अनेकौँ आरोह-अवरोह पछि गणतन्त्र स्थापना भएको छ । एक दशक त संविधानसभाद्वारा संविधानलाई लोकतान्त्रिक र समावेशी बनाउन नै लाग्यो । संविधान बनेपछि पहिलो आमचुनाव भएको लगभग पाँच वर्ष बित्दैछ । यो अवधिमा संविधानसभाले संविधान बनाएको पनि आधा दशक बितेको छ । यसको राजनीतिक र प्राज्ञिक मूल्याङ्कन गर्दै संविधान निर्माणको प्रक्रिया र अन्तर्वस्तुलाई समेत समेटेर यो पुस्तक लेख्नुभएको छ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले ।
Book | |
---|---|
ISBN | 9789937722667 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | कृष्ण खनाल |