भुँडीपुराण प्रकाशनको “नेहरूका चिठीहरू” जवाहरलाल नेहरूका चिट्ठीहरूलाई माधवप्रसाद अधिकारीद्वारा नेपालीमा अनुवाद गरिएको एक संग्रह हो ।
जवाहरलाल नेहरूका शब्दमा “यी चिठीहरू सन् १९२८ को गर्मीमा मेरी छोरी इन्दिरालाई लेखिएका थिए जुन बेला उनी हिमालयको उचाइमा मसुरीमा थिइन् भने मा तल समथरमा । यी चिठीहरू एउटी सानी १० बर्षकी छोरीलाई सम्बोधन गरी लेखिएका व्यक्तिगत थिए, तर यी साथीहरू जसको सल्लाहलाई मा कदर गर्छु, उहाँहरूले यी चिठीहरूमा केही विशेष (Virtue) देख्नुभयो र यसलाई धेरै श्रोताहरू समक्ष लैजाउनुपर्ने सुझाव दिनुभयो । अरू केटाकेटीहरूले स्विकार्नु हुन्छ हुन्न मलाई थाहा छैन, तर म आशा गर्दछु कि यस्ता बच्चाहरू जसले यसलाई पढ्ने छन्, उनीहरूले बिस्तारै यो हाम्रो संसारलाई राष्ट्रहरूको ठूलो परिवार भनेर विचार गर्न (सोच्न) थाल्ने छन् र म यो पनि अपेक्षा गर्दछु कि (Though with diffidence) उनीहरूले यसमा आनन्दका अंशहरू पनि फेला पार्ने (अनुभूत गर्ने) छन् जुन मैले लेख्ने क्रममा स्पर्श नै गरेको थिएँ ।”
Book | |
---|---|
ISBN | 9789937702096 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | अनुः माधव प्र. अधिकारी |