भुँडीपुराण प्रकाशनको “कुलुङ्गाकी आमा” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसंग्रह हो ।
डा. माधव पोखरेलका शब्दमा “दीनानाथ शर्माको निबन्धमा राजनीतिक र सामान्य गरी दुई किसिमको व्यक्तित्व बाँडिन्छ, तर उनका वस्तुपरक निबन्धहरूभन्दा बेग्लै, आत्मपरक निबन्धहरूमा उनी थोरै राजनेता धेरै कवि र साहित्यकारका रुपमा देखा पर्छन् । राजनीतिक निबन्धमा उनी आत्माले नबोलेर मस्तिष्कले बोल्छन् भने, साहित्यिक निबन्धहरूमा उनी नेपाली हृदय र मानवीय हृदय र अझै आत्माकै छेउबाट बोल्छन् । राजनीतिक निबन्धमा उनले थोरै नेपाली पाठकको हृदय जित्छन् भने, साहित्यिक निबन्धका उनका पाठकमा कुनै सिमा रेखा हुँदैन । यहाँ उनी जे देख्छन्, त्यै बोल्छन्, जस्तो देख्छन्, त्यस्तै बोल्छन् । राजनीतिक निबन्धमा जस्तो फिल्टरको खाँचो निबन्धकार शर्मालाई उनका साहित्यिक निबन्धमा पर्दैन ।”
Book | |
---|---|
ISBN | 9789937625890 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | दीनानाथ शर्मा |