भुँडीपुराण प्रकाशनको "जावेश्वर पृथ्वी मल्ल" आत्माराम ओझाद्वारा तयार पारिएको एक ऐतिहासिक उपन्यास हो ।
यो उपन्यासमा पश्चिम नेपालका ऐतिहासिक तस्विरहरु र बाह्रौं शताब्दीको सिंजा साम्राज्यको कथावस्तु संगालिएको छ ।
"पहिले सिंजा क्षेत्रमा ठूलठूला साम्राज्यहरुको स्थापना र विघटन भएको इतिहासहरुबाट देखिन्छ ।
यसमध्ये जुमला नरेशपाल, चल्ल मल्लाहरुको धेरै लामो समयसम्मको शासनकाल रहेको देखिन्छ ।
यीमध्ये नागराज (वाह्रौंशताब्दीको प्रथम) र उनका उत्ताराधिकारी राजाहरुले यस सपादलक्ष उत्तराखण्ड क्षेत्रमा जुमलाको सिंजामा राजधानी बनाई गण्डकी प्रदेशदेखि गडवालसम्म र उत्तरब्रह्मपुत्र तथा तिब्बत खारी प्रदेशदेखि दक्षिण तराई ठूलो भूभागसम्म विजय गरेको तत्कालीन शिलालेख, त्रिशुल लेख, कनकपत्र, ताम्रपत्र, दानपत्रहरुबाट देखिन्छ ।"
Book | |
---|---|
ISBN | 9789937215893 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | आत्माराम ओझा |