भुँडीपुराण प्रकाशनको “सात जुनी” मणि नेपाली पनेरूद्वारा तयार पारिएको उपन्यास हो ।
जयराज आचार्यका शब्दमा “जीवन र जिजीविषा सृष्टिको मूल तत्त्व हो । ‘सात जुनी’ मणि नेपाली पनेरूको औपन्यासिक शैलीमा लेखिएको आत्मकथा हो । तसर्थ यसलाई ‘आत्मोपन्यास’ भने हुन्छ । उहाँको जीवनकहानीले ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’ भन्ने उक्तिलाई सार्थक पारेको छ। यस्तो प्रेरणादायी सङ्घर्ष र सफलताका कथा अनेकौं होलान् तर सबै लेखिँदैनन् । जुन लेखिएको छ त्यो पढेर मानिसले अघि बढ्नुपर्छ । ‘पुरुष्य भागयं दैवो न जानाति’ भनिन्छ । मणि नेपालीको सौरपानीदेखि सान फ्रान्सिस्कोसम्मको यात्रा मानिसको अन्तरिक्ष यात्राभन्दा कम रोमाञ्चक छैन ।”
Book | |
---|---|
ISBN | 9789937124379 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | मणि नेपाली पनेरु |